You are viewing the translated version of नियमावलीमा समावेश गर्न सकिने बिषय.

Section 16
नियमावलीमा समावेश गर्न सकिने बिषय
सामान्यतया देहायका विषयलाई नियमावलीमा व्यवस्था गर्ने गरी सङ्घीय ऐनबाट अधिकार प्रत्यायोजन गर्न सकिनेछ:-

(क) ऐन कार्यान्वयनको लागि आवश्यक पर्ने कार्यविधिगत विषय,

(ख) कुनै निवेदन; दरखास्त, प्रमाणपत्र वा फारामको ढाँचा निर्धारण गर्ने विषय,

(ग) प्राविधिक प्रकृतिको विषयमा मापदण्ड वा सर्त तोक्ने विषय,

(घ) आवधिक रूपमा परिवर्तन गरिरहनु पर्ने शुल्क वा दस्तुर तोक्ने विषय, र

(ङ) कुनै कार्यको लागि अधिकारी तोक्ने विषय।